काठमाडौँ । नीति निर्माणको दायित्व बोकेको संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेयले किर्ते गरी तीन वटा नागरिकता लिएको पुष्टि गर्ने कागजात गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । मन्त्रालयले तयार गरेको छानबिन प्रतिवेदनमा पाण्डेयले दुई वटा राहदानी समेत लिएको उल्लेख छ ।‘मन्त्रालयको सम्बन्धित शाखाबाट नागरिकता सम्बन्धी विवरण समितिमा पठाइसकिएको छ,’ शुक्रवार गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले रातोपाटीसँग भने । पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि पुस २४ गते समितिले गृहलाई पत्राचार गर्दै ‘विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू’ माग गरेको थियो । गृहले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो । प्रतिवेदनले राहदानीका सम्बन्धमा परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागबाट यकिन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
‘राहदानी हाम्रो कार्य क्षेत्रभित्र नपर्ने भएकाले हामीले नागरिकताको विवरण मात्र पठाएका हौँ,’ भट्टराईले भने, ‘राहदानी सम्बन्धी विवरणका लागि राज्य व्यवस्था समितिले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्ला ।’
रातोपाटीलाई प्राप्त गृह मन्त्रालयले तयार पारेको पाण्डेयको नागरिकता सम्बन्धी ‘विवरण तथा कागजात’ मा उनले फरक फरक मितिमा तीन वटा नागरिकता लिएको उल्लेख छ । प्रतिवेदनमा पाण्डेयले २०४६ असार २८ गते जन्म मिति २०२६ असोज १५ कायम गरी पहिलो नागरिकता लिएको उल्लेख छ । यसैगरी २०६६ भदौ ८ गते जन्म मिति २०३२ पुस २६ गते कायम गरी दोस्रो नागरिकता लिएको र नागरिकता हराएको बहाना
Ratopati