पराजुलीको कवितासंग्रह ‘कविता कोकिल’ लोकार्पण

काठमाडौं, । कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह ‘कविता कोकिल’ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कवि पराजुलीको कवितासंग्रह कविता कोकिल लोकार्पण गरेकी हुन् ।
कवि पराजुलीको निधन २०५० सालमा नै भएको थियो । भोजपुर स्थायी ठेगाना भएका पराजुली शिक्षण पेशामा पनि आवद्ध थिए । शास्त्रीय छन्दमा कविता रचना गर्ने कवि पराजुलीको निधन भएको लामो समयपछि उनको विद्यार्थीहरुले गुरु दक्षिणा स्वरुप उनको कविता संग्रह प्रकाशित गरिदिएको बताइएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले कवि पराजुलीका विद्यार्थीले अनुकरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गरिन् । पूर्व राष्ट्रपति भण्डारीले स्वर्गीय कवि भण्डारीको विभिन्न योगदानको स्मरण गराउँदै उनको कविता संहग्र प्रकाशित गरेर ओझेलमा परेका प्रतिभाको सम्मान गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् ।
नेपाल वाङ्मय फाउन्डेसन र भोजपुर नगरपालिका सेवा समाज काठमाडौंको संयुक्त आयोजनामा कविता संग्रह विमोचन गरिएको हो ।