Trending Now

पुरानो गौरवका लागि राजतन्त्र फर्काउन आह्वान

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन एकजुट हुन आह्वान गरेका छन्। ज्ञानेन्द्रले अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं भनेका छन्।
नेपालगञ्जमा भएको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले यसका निम्ति के पुरुष, के महिला, के आजका जाँगरिला युवा, के अनुभवी बूढाबूढी सबैलाई जुट्न आह्वान गरेका हुन्।
राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ज्ञानेन्द्रले राजनीति र राज्य व्यवस्था जनमुखी नभई नेताद्वारा नेताका निम्ति र दलद्वारा दलका निम्ति मात्र भइरहेको बताए।
उनले कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको टिप्पणी गरे।

Comments are closed.