पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । घटेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि लागू भएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।

नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजेल र मट्टितेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।