प्रचण्डले आत्मालोचना गरेपछि सहकार्य थालेका हौं : शंकर पोखरेल

कास्की । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताएका छन् ।
एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले यो कुनै वामपन्थी गठबन्धन नभएको बताए ।महासचिव पोखरेलले भने, ‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं । हामीले कांग्रेसका नेताहरुलाई पनि भनेका थियौं– तपाईंहरु तयार हुनुस्, हामी साथ दिन तयार छौं । हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं ।’
उनले अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसुस गरेपछि सहकार्य सुरु भएको बताए ।महासचिव पोखरेलले अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए ।एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि महासचिव पोखरेलले प्रष्ट पारे ।