काठमाडौं :आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन्।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।