Trending Now

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, ३० फागुन          

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया  KALSANG CHODON रहेका छन् । भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा THUPTEN GELEK LHASAWA को झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र KALSANG CHODON को झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.