काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पक्षमा संसदमा विश्वासको मत प्रमाणित गरेका छन् ।
प्रचण्डले विश्वासकाे मत पाउँ भनी संसदमा राखेकाे प्रस्तावकाे पक्षमा १७२ मत, विपक्षमा ८९ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख देवराज घिमिरेले बताएका छन् ।
प्रतिनिधिसभा २६२ उपस्थित सांसदले मतदानमा सहभागी भएका थिए । संसदमा तत्काल कायम रहेकाे संख्याकाे हिसाबले प्रधानमन्त्रीले विश्वासकाे मत माग्दै राखेकाे प्रस्तावकाे पक्षमा बहुमत प्राप्त भएकाेले उनी प्रधानमन्त्रीमा कायम रहने भएका छन् ।