प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्नुभएको

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्नुभएको छ । त्यसक्रममा सम्माननीय प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै कार्यक्षेत्रमा परिणाममूखि काम गर्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभयो ।उहाँले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनाहरूलाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने पनि बताउनुभयो ।