प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुभएकाे छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जानुभएका प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ स्वदेश फर्कनुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत उच्च पदस्थ अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे ।

मंसिर १४ गतेदेखि सुरु भएकाे काेप-२८ मा मंसिर १५ र १६ गते विश्व जलवायु शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको थियो । उहाँले मंसिर १६ गते साे सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड मंसिर १३ गते युएई प्रस्थान गर्नुभएको थियो ।