Trending Now

फरार एमालेका सचिव रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले उनीविरुद्ध एक साता अगाडी पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

यस प्रकरणबारे थाहा पाएपछि रायमाझी बुटवलबाट फरार भएका थिए । उनी भारत पुगेको आशंका प्रहरीले गरेपनि वास्तविकता बाहिरीएको छैन । सोही प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ।

Comments are closed.