काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा.स्वर्णिम वाग्लेलेआगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तमाथिकाे छलफलमा भाग लिँदै सांसद् वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभयाे ।
उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको भन्दै उहाँले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गर्नुभयो ।
पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै सांसद् वाग्लेले त्यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयाे ।
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत ८ महिनासम्म पनि बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको समेत उहाँले बताउनुभयाे ।