काठमाडाैं । सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे हाे ।
बलात्कार र व्यक्ति बेपत्ता पारेको आराेपमा पुस २४ गते काठमाडाैंकाे हात्तीगाैंडाबाट पक्राउ परेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (ब्युराे सीआईबी) ले पुस २५ गते बुधबार सार्वजनिक गरेकाे थियाे ।
उनलाई बुधबार राति नै सर्लाही लगेर बिहीबार बिहान अदालतमा पेस गरिएकाे थियाे । बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पूर्जी जारी भएको थियो ।