बस दुर्घटनामा २६ जना घाइते  

बारा, २५ फागुन

जितपुरसिमारा उपमहानगरपालिका-१ हुलासअगाडी वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख २१४८ नम्बरको बसले साईकललाई बचाउने क्रममा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको अल्पाईन अस्पताल सिमारामा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.