बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण तथा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ ।

आज दिउँसो नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच पनि छलफल भएको थियो ।

छलफलमा नक्कली भुटानी शरणार्थीलाई पक्राउ गर्ने सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीले भनेका थिए । सो पछि गठबन्धनको बैठक बोलाइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही गरिने प्रधानमन्त्रीले बताइरहेका छन् ।

Comments are closed.