बालुवाटारमा सुरु भयो ९ दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा ९ वटा राजनीतिक दलका शीर्ष नेताकाे बैठक सुरु भएको छ । १२ फागुनमा बनेकाे ८ दलकाे गठबन्धनमा रहेका दलहरू र बाबुराम भट्टराइ नेतृत्वकाे नेपाल समाजवादी पार्टीकाे बैठक सुरू भएकाे हाे ।

बैठकमा माओवादी युद्धका समयमा मारिएकाहरुमध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर केही वर्षअघि प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिकै आधारमा उनलाई सर्वोच्च अदालतमा रिट दर्ता गर्न मिल्ने आदेश दिएपछि यसबारे छलफल गर्न नेताहरु जुटेका हुन् ।

त्यस्तै, बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएकाे छ ।

Comments are closed.