बीपी प्रतिष्ठानको उपकुलपति कक्षमा लगाएको ताला खोले हर्क साम्पाङले

काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खालेका छन्।

उच्च अदालत, विराटनगरले अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हडताल, तालाबन्दी नगर्न÷नगराउन अन्तरिम आदेश दिएपछि मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न स्वकीय सचिव सुर्दशन लिम्बूलाई पठाएका हुन्। नगरप्रमुख साम्पाङले माघ १ गते शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ताला लगाएका थिए ।

कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको बढुवा प्रक्रिया रोकेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए। अदालतको आदेशपछि  साम्पाङले धराशायी प्रतिष्ठानमा सर्वसाधारणको दुःख सम्बोधन गर्न खोज्दा अदालतले आफूलाई अपराधी करार गरेको भन्दै असन्तुष्टि जनाएका छन्।