Trending Now

बेसार:औसधीय लाभहरू

बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ।शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवर्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’, ‘बि-२’, ‘सि’ र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ। मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ।

  • धेरै पिसाब लागेमा
धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने

गरेमा १\२ हप्तामै ठिक हुन्छ ।

  • आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा

निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

  • सुख्खा खोकिमा
१ चिम्टी खाने खयर , १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।
  • कुनैपनि घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि

घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

  • वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको  गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
  • शरीर सुनिएमा मर्केमा
५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
  • गलगाँड भएमा
बिहान\बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।
  • पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
  • कफ जमेर दम हुनेमा
आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।
  • रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
  • मूख, घाँटीमा घाउ आएमा
२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल\कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।
  • खोकी लागेमा
१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।
  • टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
  • हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
  • आँखाको रोगमा
गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
  • वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
  • दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
  • अनुहार सुख्खा भएमा
घ्यू कुमारी   मेथीको धूलो,बेसार,नीमपातको  मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
  • मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
अन्य फाइदा

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा र्पुयाउँछ ।
– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ ।
– विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउछ ।
– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्याउँछ ।
– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।
– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ ।
– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।
– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।
– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ ।
– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ ।
– अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ ।
– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ ।
– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।
– मधुमेहमा बिहानबेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा र्पुयाउँछ ।
– १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहानबेलुका खाए सुख्खाखोकी ठिक हुन्छ।
– दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
– रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ ।
– दिसापिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसारको प्रयोग उपयोगी हुन्छ ।
– मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ ।
– छालाको चमक बढाउन समेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।
– नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन ।
– विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ । विभिन्न एजेन्सीको सहयोगमा

 

Comments are closed.