बैंकिङ प्रणालीमा तीन सातामा थपियो डेढ खर्ब तरलता, कर्जा प्रवाह १८ अर्ब मात्रै

काठमाडौं। बैंकिङ प्रणालीमा उच्च दरले निक्षेप बढ्न थालेको छ। सरकारले विकास खर्च बढाउन थालेका कारण प्रणालीमा निक्षेप उच्च दरले बढ्न थालेको हो।पछिल्लो तीन सातामा बैंकिङ प्रणालीमा १ खर्ब ४५ अर्ब रुपैयाँ तरलता थपिएको छ। जेठ मसान्तमा बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब निक्षेप रहेकामा असार २१ गतेसम्म आइपुग्दा ६३ खर्ब ८७ अर्ब पुगेको छ।
तीन सातामा बैंक तथा वित्तीय संस्थाले व्यवसाय भने जम्मा १८ अर्बले बढाएका छन्।निक्षेपमा उच्च वृद्धि र कर्जा अपेक्षितरुपमा बढ्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ प्रतिशतमा झरेको छ।