भूतपूर्व सैनिकलाई प्रधानसेनापति शर्माको आग्रह – अरू देशको सेनामा भर्ना हुन नजानू

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरेका छन् ।
नेपाली सेना कल्याणकारी बोर्डद्वारा शुक्रवार चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न आग्रह गरे ।अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै उनले सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे ।