Trending Now

मलेसियाविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

काठमाडौं : मलेसियाविरुद्ध सिरिजको निर्णायक खेलमा नेपालले टस जितेको छ र बलिङ गर्ने निर्णय गरेको छ।  पाँच खेलको सिरिज दुई–दुईको बराबरी छ ।

खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। नेपाल अन्तिम खेल जित्दै सिरिज उपाधि जित्ने लक्ष्यमा छ। हिजो  भएको खेलमा ४ विकेटले पराजित भएपछि नेपाल एक खेलअगावै च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो।

पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित हात पारेको थियो। तर घरेलु टिमले चौथो खेलमा रोमाञ्चक जित हात पार्दै नेपाललाई रोकेको हो।

एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपालका लागि पहिलोपटक पाँच खेलको टी–ट्वान्टी सिरिज जित्ने मौका छ।

 

Comments are closed.