महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरिएकाे छ। शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले सवारी साधनलाई डाइभर्सन गरिने प्रहरीले जनाएको छ।
शुक्रबार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिनेछ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिनेछ। गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन्।
आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:
– चाबहिलबाट गौशालातर्फ।
– पुरानो बानेश्वरबाट गौशालातर्फ।
– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ।
– द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग।
– सिफल चौरबाट जयबागेश्वरीतर्फ।
– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ।
– तिलगंगाबाट गौशालातर्फ।
– मालबावहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ।
– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ।
तर, मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।
मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
-कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्वतर्फ सञ्चालन हुने।
– कोटेश्वर तीनकुने हुँदै पशुपति वरपरतर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यवस्थापन गरिने।
– महाराजगञ्ज, चाबहिल हुँदै पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने।
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।
पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु
– सिफल चौर ९दर्शानार्थीहरुको०
– कोषको कार्यालय ९सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु
– भण्डारखाल ९सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु
– तिलगंगाको खाली स्थान र करिडोरमा ९तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु
– वनकाली ९शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु
– गृहेश्वरी पारी ९तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु