माइतीघरको निषेधित क्षेत्र खुला गर्न राष्ट्रिय मुक्ति क्रान्ति अभियानको विरोध प्रदर्शन

काठमाडाैं । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ ।
महताेकाे नेतृत्वमा बुधबार भद्रकालीमा प्रदर्शन गरिएकाे हाे । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएकाे थियाे । महताेमाथि समेत प्रहरीले धरपकड गरेकाे थियाे ।
प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न चेतावनी दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा समेत मागेका छन् । उनीहरुले निषेधित क्षेत्र खुला गर, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर, गृहमन्त्री राजीनामा दे लगायत नारा समेत लगाएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १४ गते पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान घाेषणा गर्नुभएकाे थियाे ।