नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन्।
सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन्।
नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन्।
नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ।उनीहरू स्वास्थ्य लाभको कामनासहित भेटघाटका लागि कोटेश्वर पुगेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सहित सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।