सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२ सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धा की विजेता मन्जु डोटेल भएकी छन् भने , फष्ट रनरअप निरु सिंह,सेकेण्ड रनरअप दुर्गा लामिछाने,थड रनरअप सावित्री पाण्डे, फोर्थ रनरअप सिता पाण्डे साथै अर्गनाइजर विजेता मिना श्रेष्ठ भएका छन् । करिव एक महिनाको विशेष अभ्यासमा १२ जना प्रतिस्पर्धी रहेको उक्त कार्यक्रम नाचघर जमलमा सम्पन्न भएको थियो .
काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल हुनुभयो ।
प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमश थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।
अन्तिम प्रतिष्पर्धामा निरु सिंहले इलिगेन्स अवाड, सविता पोखरेलले व्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामांग गुरुंगले इनोसेन्ट, दुर्गालामिछानेर इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।
कुल २० प्रतिष्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिष्पर्धामा सहभागि हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।
उहाँले महिलाको प्रतिभालाई उजागर गर्दै उनीहरुको आत्मविश्वास बढाउनका लागि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।