मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा शुकर्रबार र शनिबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजित आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सफल बनाउन बैंकले प्रायोजन सहयोग गरेको हो।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको हो।

‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर, स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पुर्‍याउन प्रतियोगिता आयोजना भएको बताइएको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारा आत्मसात गर्दै २८ वर्ष देखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन्।