मेस्सीको किर्तिमनी गोलमा पीएसजीले जित्यो लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि रक्षा गरेको छ ।

शनिबार राति जेरोमी ब्रिसार्ड स्टेडियममा भएको खेलमा स्टार्सबर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले एक खेल अगावै लिग वानको उपाधि जित्ने पक्का गरेको हो । यो पीएसजीको ११औं लिग वान उपाधि समेत हो ।

पीएसजीका लालिग लियोनल मेस्सीले एक गोल गरे भने स्टार्सबर्गका लागि गामिरोले एक गोल फर्काए ।

५९औं मिनटमा मेस्सीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । मेसीले यस सिजन लिगमा पिएसजीका लागि १६ गोल गरेका छन् भने युरोपको शिर्ष ५ लिगमा सबैभन्दा बढी गोलको किर्तिमान समेत राखेका छन् । मेस्सीले रोनाल्डोको नाममा रहेको किर्तिमान ताड्दै ४९६ गोल गरेका छन् ।

खेलको ७९औं मिनटमा गामिरोको गोलमा स्टार्सबर्गले पीएसजीसँग बराबरी खेल्यो ।

अंक बाँडे पनि सो अंक पिएसजीलाई एक खेल अगावै लिगको उपाधि रक्षा गर्न पर्याप्त बन्यो । पिएसजी ३७ खेलमा ८५ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ४ अंक बढी हो । स्टार्सबर्ग भने समान खेलमा ४० अंकसहित १५औं स्थानमा छ ।

Comments are closed.