काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियाेगिताका लागि नेपाली राष्ट्रिय टाेलीकाे घाेषणा गरिएकाे छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि सिनियर राष्ट्रिय टाेलीका अलराउण्डर गुल्शन झालाई समेट्दै देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय नेपाली टाेलीको घोषणा गरिएको हो ।
प्रतियोगिता डिसेम्बर ८ देखि १७ गतेसम्म युएईमा हुने तालिका छ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १० डिसेम्बरमा अफगानिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ ।
यस्ताे छ नेपाली टाेली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।