काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियाेगिता आजदेखि संयुक्त अरब इमिरेट्स युएईकाे (दुबई) मा सुरु हुँदैछ ।
आफ्नाे पहिलाे खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीचकाे खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुनेछ ।
दोस्रो खेल नेपालले १० डिसेम्बरमा अफगानिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ ।
आजै हुने समूह ‘ए’ काे अर्काे खेलमा भारत र अफगानिस्तान भिड्दैछ । यो खेल पनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै सुरू हुँदैछ ।
यु-१९ एसिया कपका लागि क्यानले देव खनालको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यानले) नेपाली टोली घाेषणा गरेकाे थियाे । टोलीमा सिनियर राष्ट्रिय क्रिकेट टाेलीका गुल्सन झा पनि सामेल छन् ।
टाेलीमा खनाल र झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।
दोस्रो खेल नेपालले १० डिसेम्बरमा अफगानिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ ।