यु-१९ विश्वकप क्रिकेट : आयरल्याण्डको विजयी सुरुआत‚ अमेरिका पराजित

काठमाडाैं । आईसीसी यु-१९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेकाे छ ।

दक्षिण अफ्रिकाको मंगाउङ ओभल ब्लोमफन्टेन क्रिकेट मैदानमा शुक्रबार भएकाे समूह ‘ए’ काे खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै आयरल्याण्डले विजयी सुरुआत गरेकाे हाे ।

अमेरिकाले दिएकाे १ सय ६ रनकाे लक्ष्य आयरल्याण्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । आयरल्याण्डका रायन हन्टरले नटआउट ५० तथा कियान हिल्टन र कप्तान फिलिप्सले रक्सले समान १९-१९ रन बनाए ।

बलिङतर्फ अमेरिकाका आर्य गर्गले २ र खुश भालालाले विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे अमेरिकाले ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएकाे थियाे । अमेरिकाका लागि खुश भालालाले नटआउट २२, पार्थ पटेलले १३ रन र अमोघ अरेपल्लीले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका रुबेन विल्सन र ओलिभर रिलेले समान ३-३ विकेट लिए ।

दक्षिण अफ्रिकामा आजदेखि सुरु भएकाे प्रतियाेगिता यही माघ २८ गतेसम्म चल्नेछ । प्रतियाेगितामा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । नेपालले आइतबार आफ्नाे पहिलो खेलमा न्युजिल्याण्डकाे सामना गर्नेछ ।