राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक : डा. जानकी तुलाधर

काठमाडौं । निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले नेपाको राजनीतिमा अहिले पनि महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभएको छ ।

११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको ‘निर्वाचनमा महिला सहभागिता विषयक’ अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगले तयार गरेको विधेयकको मस्यौदा प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचनमा महिलाहरूको अर्थपूर्ण सहभागिता बनाउने हो भने महिला मतदाताको सङ्ख्यमा वृद्धि गर्नु पर्ने बताउनुभयो ।

जनसङ्ख्यामा हेर्दा महिलाको सङ्ख्या धेरै भएता पनि मतदाता सङ्ख्या भने २ लाख ६३ हजारले घटी रहेको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो ।  २०७४ सालको को दाँजोमा २०७९ को निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखमा महिलाको सङ्ख्या घटेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राजनीतिक दलले गठबन्धन गरेर चुनाव लड्दा महिला जनप्रतिनिधि कम निर्वाचन भएको उहाँले बताउनभयो । यसो हुनुमा राजनीतिक दल भन्दा पनि विधायकहरूको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो ।  दुई जना उम्मेदवार उठाउनु पर्नेमा एउटा मात्रै पठाउँदा महिला पुरुष जसलारई पठाए पनि हुने भन्ने कानुनमा लेखिएको कारण महिला जनप्रतिनिधिको सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

संसदमा महिला सहभागिता ३३ पुर्‍याउनु पर्ने भनिएको भए पनि कहाँबाट पुरा गर्ने भन्ने कुरा नलेखिको कारण महिला महिला समानुपातिक सिटमा सीमित रहनु परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् अनेमसंघ इन्चार्ज सीता पौडेलले अन्तराष्ट्रिय श्रमिक महिला दिवस महिलाले विभेद, असमानताका विरुद्ध आवाज बुलन्द गरी मुक्ति पाएको दिनको भएको बताउनुभयो ।  कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्यले महिलाका सवालमा अन्य राजनीतिक दल र संगठनका महिलाहरूलाई पनिसँगै लैजनु पर्ने बताउनुभयो । त्यसो गरेर बढेमा लक्ष्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।

अनेमसंघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टी सल्लाहकार परिषद् उपाध्यक्ष गोमा देवकोटा, केन्द्रीय सदस्यहरू, अनेमसंघ उपाध्यक्षहरू मेनुका पोखरेल, सुमित्रा बीसी, शर्मिला कार्की, रुक्मिणी राना, महासचिव पेमा लामा, कोषाध्यक्ष इन्दिरा फुयाँल लगायत केन्द्रीय सदस्यहरू, मानवअधिकार एलाईन्सका महासचिव विदुर सुवेदी, संघीय तथा प्रदेशका माननीयहरू, स्थानीय तहका जनप्रतिनिधिहरू लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।