राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ ।

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आइतबार पार्टी कार्यालयभित्रै आक्रमण भएको हाे । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।

बैठक कक्षबाट बाहिँरिने क्रममा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । साे आक्रमणकाे भिडियाे समेत सार्वजनिक भएकाे छ ।