काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार दिउँसाे सिंहदबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागसहितकाे ज्ञापनपत्र बुझाएको हो ।’
देशकाे समसामयिक अवस्थाबारे प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पेस गरिएकाे अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयाे । ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजसंस्था र हिन्दूराष्ट्रकाे पुर्नस्थापना तथा संघीयता खारेज, मिटरब्याज पीडितका समस्या सम्बाेधन, भ्रष्टाचार काण्डकाे छानबिन गर्न माग गरिएकाे जानकारी दिनुभयाे ।