रामेछाप । मदन भण्डारीको ७३औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ ।
फाउण्डेसनको अध्यक्ष एवं नेकपा एमाले रामेछापमा सचिव प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वागमती प्रदेश कमिटी सदस्य गंगा कार्की पार्टीका जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, उपसचिव मिलनकुमार घिसिङलगायतका जिल्ला कमिटीका र जनसंगठनका नेताहरू लगायतको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष कडरियाले मदन भण्डारीको अभिव्यक्तिमा इतिहासको समीक्षा र भविष्यको स्पष्ट दृष्टिकोण हुने गरेको बताए । मदन भण्डारीका विचार इतिहासको जगमा उभिएर भविष्य निर्माण केन्द्रित हुने गरेको उनले बताए ।