राष्ट्र बैंकमा ६७ र सामाजिक सुरक्षा काेषमा ४४ जनाका लागि जागिर खुल्याे (सूचनासहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकमा ६७ जनाका लागि जागिर खुलेकाे छ ।

राष्ट्र बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ । सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले राष्ट्र बैंकको बेव साइटमा गइ अनलाइनमार्फत पुस ६ गतेदेखि २६ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म पनि दरखास्त दिन सकिने राष्ट्र बैंकले जनाएको छ । विद्युतीय माध्यमबाट दरखास्त पेस गर्दा दरखास्त आवेदन बापत लाग्ने दस्तुर पनि विद्युतीय माध्यमबाट नै भुक्तानी गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले राष्ट्र बैंकको बेव साइटमा गइ अनलाइनमार्फत पुस ६ गतेदेखि २६ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

सामाजिक सुरक्षा काेषमा ४४ जनाका लागि जागिरकाे अवसर

सामाजिक सुरक्षा काेषमा पनि ४४ जनाका लागि जागिर खुलेकाे छ । शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो । इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।