Trending Now

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी नहुने भएको छ । शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हाल सरकारलाई कायम राखेको समर्थनसमेत अब फिर्ता लिने निर्णय गरेको छ ।

यसअघि ११ नेकपा एमालेसहित बनेको ७ दलीय गठबन्धन सरकारमा रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री लिएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको थियो । तर, पार्टी सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले रवि लामिछानेको सबै पद गएको थियो । त्यसपछि रास्वपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारबाट बाहिरिएको थियो ।

त्यसपछि रवि लामिछानेले नागरिकता लिएपछि प्रचण्डले रास्वपाले मागेको मन्त्रालय नदिएपछि सरकारमा गएको थिएन । तर, समर्थन भने कायम राखेको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित १० दलसँगको १२ फागुनमा अर्को गठबन्धन बनाएपछि उक्त सरकारबाट एमाले पनि समर्थन समेत फिर्ता लिएर बाहिरिएको थियो ।

१० वैशाखको उपनिर्वाचत पनि २१ सिटसहित संसदमा रहेको रास्वपाले पहिलाकै मन्त्रालय पाए, सरकारको स्थायित्वको प्रत्याभूति भए र भ्रष्टाचार काण्डका दोषीलाई कारवाहीगर्नेलगायत आफ्ना एजेन्डा सरकारले आफ्नो न्यूनतम कार्यक्रममा राखे सरकारमा जाने इच्छा देखाएको थियो । तर, यी सबै कुरा पूरा नहुने देखेपछि रास्वपाले सरकारमा नजाने निर्णय गरेको हो ।

Comments are closed.