राहत शिक्षकहरुद्वारा सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडाैं । राहत शिक्षकहरुले सडकमै सुतेर सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफूहरुका मागका विषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले आन्दाेलन जारी राखेका छन् । ०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुकाे गुनासाे छ ।

सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको उनीहरुको भनाइ छ ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायत संगठनले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।