राहुल गान्धीलाई २ वर्षको जेल सजाय, तुरुन्तै जमानत पनि

भारतिय कंग्रेस नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ। तर, उनले तत्काल जमानत पनि पाएको बिबिसीले जनाएको छ।

अदालतले राहुल गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपील गर्न ३० दिनको समय दिएको छ ।

याचिकाकर्ताका वकिलले अदालतमा राहुल गान्धीलाई अधिकतम सजायको माग गरेका थिए । सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ।

मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको बताए।

राहुलले कथित रूपमा बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?’

Comments are closed.