काठमाडौं । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न क्रममा दुई जनाको डुबेर ज्यान गएको छ । अर्का एक जना डुबेर बेपत्ता भएका छन् ।
दानव र तिनाउ नदीको संगममा दुर्गा मूर्ति विसर्जन गर्न क्रममा उनीहरू नदीमा डुबेका हुने । नदीमा डुबेर ज्यान गुमाउनेमा कोटहीमाई गाउँपालिका–१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
सोही क्रममा डुबेर २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता छन् ।