काठमाडौँ । लघुवित्त तथा मिटर ब्याज पीडितहरुले काठमाडौँ केन्द्रित प्रदर्शन गरेका छन् । प्रदर्शनमा ५० भन्दा धेरै जिल्लाका पीडितहरु सहभागी भएको उनीहरुले दाबी गरेका छन् ।
लघुवित्तले आफूहरुलाई लगाएको सामुहीक ऋण मिनाहा गर्नुपर्ने, किसानलाई निर्ब्याजी ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।
लघुवित्त तथा मिटर ब्याज पीडितहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लघुवित्तले ग्रामीण महिला तथा किसानकाे जीविकाेपार्जन सुधार्न भन्दै लगानी गरेकाे ऋणले उठिबास लगाएकाे भन्दै उनीहरूले त्यसकाे विराेध गरेका छन् ।