काठमाडौँ । बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ ।
अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गरे ।
उनले भने ‘यो फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म यो कार्यक्रम सञ्चालन हुँदैछ । यसमा बुद्ध बाज बर्न ईन नेपाल भनेर कराएर मात्रै भएन । हामी नेपालीहरूको एउटा सुवर्ण अवसर वा मौका भनेको के छ भने बुद्धको चेला वा भिछु नभईकन बुद्ध पुत्रको रुपमा कहलिँदैन । त्यसका लागि पनि यो एउटा सुवर्ण अवसर हो । र हाम्रा श्रद्धेय भिक्षुहरूले यसका लागि पहल गर्दै हुनुहुन्छ ।’
बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए ।