Trending Now

‘लैंगिक हिंसाविरुद्धअन्तरक्रिया

काठमाडौं र सामाजिक क्रियाकलापमा सक्रिय संस्था फ्रेस इन्टरनेसनलले ‘लैंगिक हिंसाविरुद्ध कानुन व्यवसायी र साहित्यकारहरूको भूमिका र योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार कवि विश्वविमोहन श्रेष्ठले साहित्यमा लैंगिक हिंसाबारे धेरै लेखिएको बताउँदै साहित्यले समाजलाई र्डोयाउने बताउनुभयो।
साहित्यकार डा। गीता त्रिपाठीले फ्रेसले यस विषयमा विमर्श गरेर सराहनीय कार्य गरेको बताउँदै पछिल्लो समय लेखक कविहरू लैंगिक हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आइरहेको बताउनुभयो । उहाँले आजका कवितामा त्यो झल्किने गरेको उल्लेख गर्नुभयो ।
वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले राज्यले नै विभेदपूर्ण कानुनहरू बनाइरहेको टिप्पणी गर्नुभयो । उहाँले राज्यले समानताको कुरा गर्ने गरेको भए पनि त्यस किसिमको कानुन नबनाइएको उल्लेख गर्नुभयो।
प्रा।डा।शशि अधिकारीले नेपालमा पीडित महिलालाई जहिल्यै अनेक किसिमबाट सताइने गरिएकोले न्याय खोज्न पनि टुकी बाल्नुपर्ने अवस्था आइसकेको बताउनुभयो । उहाँले सरकारी वकिलले पीडितलाई अपमानित गर्ने र प्रहरीले भरसक जाहेरी नहोस् भन्ने दृष्टिकोणबाट काम गर्दै आएको टिप्पणी गर्नुभयो ।
फ्रेस इन्टरनेसनलकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक शान्ति रिसाल काफ्लेले कानुन तथा साहित्यका विविध कुराहरू स्पष्ट आऊन भनेरै यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले फ्रेस इन्टरनेसनलकाबारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा उपस्थित साहित्यकार तथा कानुन व्यवसायीहरूले आफ्ना धारणा राख्नुभएको थियो ।

 

Comments are closed.