जेश हेजलवुड र शान ऐबटले समान तीन, तीन विकेट लिएपछि अष्ट्रेलियाले दोश्रो एकदिवसिय क्रिकेट खेलमा वेष्टइ ण्डिजलाई ८३ रनले पराजित गर्दै तीन म्याचको श्रृंखला २–० ले अग्रता बनाउँदै श्रृंखला कब्जा गर्न सफल भएको छ ।
दोश्रो एकदिवसिय खेलमा पहिले ब्याटिङ्ग गर्दै अष्ट्रेलियाले २५८ रन बनाएको थियो । एक समय अष्ट्रेलियाले ९१ रनमा पाँच विकेट गुमाएको अवस्था थियो । तर अष्ट्रेलियालाई शान ऐबटले ६९ रनको अर्धशतकिय पारी र म्याथ्यु शटरले ४१ बनाएपछि ५० ओभरमा २५८ रन बनाउन सफल भएको थियो ।
अष्ट्रेलियालाई सस्तैमा समेटन वेष्ट इण्डिजका बलर गुडाकेस मोटेय तीन विकेट लिएका थिए । त्यस्तै रोमारिययो शेफर्ड र अल्जारी जोसेफ दुई दुई र म्याथ्यू फोडर र ओशेन थोमसले एक, एक विकेट लिएका थिए ।
२५९ रनको विजय लक्ष्य पाएको वष्टे इण्डिज १७५ रनमै समेटिएको थियो । वेष्ट इण्डिजलाई १७५ रनमा आउट गर्न हेजल उड र ऐबटले तीन तीन विकेट लिएका थिए । वेष्ट इण्डिजको तर्फबाट केसी कार्टीले सर्वाधिक ४० रनको पारी खेलेका