वैशाख २४ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्।

२४ वैशाख आइतबार अपराह्न ४ बजे अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार‚ मन्त्रिपरिषद्‌को मिति २०८०।१।२० को सिफारिसमा संवत् २०८० साल वैशाख २४ गते आइतवारका दिन १६:०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ।’

 

Comments are closed.