शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । निजी शिक्षण संस्थाहरूले शुल्क बढाएको भन्दै त्यो खारेज गर्न माग गरेको हो ।शिक्षण संस्थाहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन भनेको छ ।प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्ने, खेलकुद सामाग्री, कापी÷किताब लगायत स्टेशनरी सामाग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको संयोजक मिलन राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।