श्रीलंकाका विदेशमन्त्री साब्री काठमाडौंमा

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री काठमाडौं आइपुग्नुभएकाे छ ।

नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन श्रीलंकाका विदेशमन्त्री साब्री बुधबार दिउँसाे काठमाडाैं आइपुग्नुभएकाे हाे । उहाँलाई परराष्ट्र सचिव सेवा लम्साल लगायतले स्वागत गर्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

नेपालकाे ४ दिने बसाइका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले विभिन्न भेटघाट पनि गर्नुहुने बताइएकाे छ । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।