काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसद्हलाई निर्देशन दिएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरकाे ल्हाेत्से हलमा आइतबार सम्पन्न एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसद्हरूलाई निर्देशन दिएको हो ।
बैठकलाई सम्बाेधन गर्दै पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्राविधिक र वैचारिक स्पष्टतासाथ बैठकमा सहभागिता जनाउन निर्देशन दिनुभएकाे थियाे ।
उहाँले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस् भन्न आवश्यक नरहेको तर्क समेत बताउनुभयाे । तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने अध्यक्ष ओलीकाे सुझाव छ । उहाँले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिनुभयाे ।
संघीय संसद्को बैठक सोमबार अपरान्ह ४ बजेका लागि बाेलाइएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगायत कार्यसूची छन् ।