घोराही, । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको उपन्यास फरैनाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष दिपक शर्मा समीरको अध्यक्षतामा उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा भाषा विज्ञ नारायण नेपाल, साहित्यकार कमलमणि देवकोटा र के.बी चौधरीले फरैना उपन्यासको परिचर्चा गर्नुभएको थियो । फरैना उपन्यास एउटा कमलरीको दुःख, संघर्ष गर्दै गर्दा अवस्था र त्यसपछिका उपलब्धीको बारेमा वर्णन गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले आफ्नो सांगेतिक यात्रासँगै साहित्यिक यात्रामा प्रवेश गरेको र अझै परिस्कृत गर्दै आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउने बताउनुभयो । उहाँले फरैना एउटा नारी पात्र भएको र एउटा नारीले पनि हिम्मत गरे देशको राष्ट्रपतिसम्म बन्न सक्छ भन्ने कथावस्तु उपन्यासमा देखाइएको बताउनुभयो । सो कार्यक्रममा भिविन्न साहित्यकार, कलाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव प्रकाश के.सीले गर्नुभएको थियो ।