सभामुख देवराज घिमिरे नेतृत्वकाे टाेली स्वीजरल्याण्डकाे जेनेभा प्रस्थान गरेकाे छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभामा सहभागी हुन सभामुख घिमिरेको नेतृत्वकाे १० सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेकाे संघीय संसद् सचिवालयले जनाएको छ ।
टोलीमा सभामुख घिमिरेसहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, माओवादी केन्द्रका प्रुमख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे हुनुहुन्छ । टाेलीमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद्का उपसचिव प्रदीप गुरागाईं पनि सहभागी हुनुहुन्छ । टोली चैत १६ गते स्वदेश फर्किनेछ ।