सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

Comments (0)
Add Comment